FAQs Complain Problems

समाचार

अपिहिमाल गाउपालिकाको परिचय

नेपालको प्रदेश नं. ७ को दार्चुला जिल्लामा अवस्थित यस अपिहिमाल गाउ“पालिका भौगोलिक हिसाबले करिब ८०ं५०’ देखि ८१ं६’ पुर्वी देशान्तर र २९ं५०’ देखि ३०ं८०’ उत्तर अंक्षाशमा रहेको छ । करिब ६१३.९५ व.कि.मी. क्षेत्रफल रहेको गाउ“पालिकाको पुर्वमा बझाङ जिल्ला, पश्चिमतिर नौगाड गाउ“पालिका, दक्षिणमा मार्मा गाउ“पालिका र उत्तरमा व्यास गाउ“पालिका रहेका छन । अपिहिमाल गाउ“पालिका मिति २०७३ फागुन ... गते गाउ“पालिका घोषणा गरिएको थियो । खण्डेश्वरी, घुसा, गुल्जर(न.१) र शितोला(५–८) गाविसहरु समेटेर जम्मा ६ वडा कायम गरिएको छ । यो गाउ“पालिका जिल्ला दरमुकाम देखि २३ कोष टाढा रहेको छ भने अझै पनि सडक यातायातले छुन सकेको छैन । करिब ६७७९ जनसंख्या रहेको यस अपिहिमाल गाउ“पालिका सुन्दर पश्चिमकै अग्लो हिमाल अपी हिमाल बाट राखिएको हो । यो गाउ“पालिका भौगोलिक विकटतासंगै विविधता पनि रहेको छ । हावापानीको हिसावले न्यानो सम्तिषोण, ठण्डा समतिषोण, लेकाली र हिमाली रहेको छ । यस क्षेत्रमा अधिकांश भागहरु हिमाल र पहाडले ओगटेकोछ । प्रा“कृतिक र सा“स्कृतिक रुपमा यो गाउ“पालिका परिपुर्ण छ । अपी, नाम्पा, कापचुली र जेठी बौरानी यस गाउ“पालिकाको प्रमुख हिमालहरु हुन । जडीबुढीहरुले पनि सम्पन्न रहेको यस गाउ“पालिकामा यार्सागुम्बा, पा“च औले, लसुन, कटुकी आदि महत्वपुर्ण जडीबुढीहरु पाइन्छ र यो मुख्य आय स्रोतको लागि उपयोग गरिन्छ ।  सा“स्कृतिक रुपमा मल्देशी चालचलन र सौका समुदायको परम्परा यहा“को मुख्य संस्कृतिको रुपमा रहेको छ तर हिन्दु धर्म मान्यहरु कै बाहुल्यता यस गाउ“पालिकामा रहेको छ । धार्मिक धरोहरको रुपमा क्षेत्ती र घाजिरलाई शुर्मा देवीको पवित्र स्थान मानिन्छ र करिब १५ दिन लामो शुर्माको जात्रा आफ्नै मुल्य मान्यता अनुसार धार्मिक आस्था भएका भत्त    mनको भक्तिका साथ मनाउने गरिन्छ । यो जात्रा दार्चूला र बझाङको सिमानामा रहेको सुर्मा सरोवर ताललाई देवीको प्रमुख स्थान मनेर पुजापाठ गने परम्परा छ । जातजातिको रुपमा यो गाउ“पालिकामा क्षेत्री र ब्राम्हणको रहेको छ । धामी, ठेकरे, रोकाया, कार्की, बोहरा, मन्याल, जागरी, ठगुन्ना, अटयाल, लोथ्याल वि.क., औरे, महता, बुढाथोकी आदि जातजातिहरु बसोबास गर्दछन । यस क्षेत्रका बासिन्दाहरु मुख्यतया कृषि पेसामा नै आश्रित रहेका छन । मुख्य बालीनाली र गेडागुडीको रुपमा जौ, गहु, मकै, फापर, कोदो, मार्सी, आलु, सीमी आदि उत्पादन हुन्छ ।  साक्षरताको हिसावले करिव ७५ प्रतिशत साक्षर रहेको छ तर अझै पनि रुढिवादी सोचको प्रभाव रहेको छ । गाउ“पालिका भरि मात्र दुई वटा मात्र माध्यमिक विद्यालय रहेको छ । क्षेत्तेली, डोटेली र अन्य मिश्रित भाषाको प्रयोग यस गाउ“पालिकामा गरिन्छ । अपिहिमाल गाउ“पालिका जलस्रोतले भरि पुर्ण छ चौलानी, कापुखोला, धरम खोला आदि रहेको छ । यस क्षेत्रमा खेतियोग्य जमिन भन्दा बढि अन्य जमिन रहेको छ । नगदे बाली प्याज, लसुन, खुर्सानी इत्यादि पाइन्छ र फलफुल स्याउ, पुलम, आरु, ओखर इत्यादि रहेको छ । यस गाउ“पालिका विकासका पुर्वाधारबाट धेरै नै पछि परेको कारण यस क्षेत्रको व्यवसायिक सफलता त्यति भेटाउन सकिदैन ।