FAQs Complain Problems

समाचार

बिक्री स्थल (Point of sale)मा सुर्तीजन्य पदार्थको वुज्यापन बन्द गराउने सम्बन्धमा

श्री स्थानीय तह,  सवै

    उपरोक्त सम्बन्धमा  नेपालमा सुर्तीजन्य कम्पनीहरुले खुद्रा किराना पसल,  होलसेल किराना पसल लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मुल्यसूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने)  ऐन २०६८,  को दफा १०; सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन  निर्देशिका, २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकोले त्यस्ता विज्ञापन हुनेगरी टाँस गरिएका चुरोट, विडी, गुट्का आदिका मूल्यसूचि उल्लेखित पोस्टर वा वालचार्ट टाँस हटाउने व्यवस्था गर्न र सोको अनुगमन गर्न हुन अनुरोध गरिन्छ । । यदि टाँस गरेको पाईएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन  ऐन, २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम उक्त चुरोट कम्पनीलाई सजाय/जरिवाना गर्न सकिने व्यवस्था रहेको समेत जानकारीको लागि  अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: